गृहमन्त्रीको स्कर्टिङ गाडीद्वारा स्कुटरलाई ठक्कर, दुई घाइते

गृहमन्त्रीको स्कर्टिङ गाडीद्वारा स्कुटरलाई ठक्कर, दुई घाइते
काठमाडौं,भदौ २ । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।

आज बिहान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्री थापालाई स्कर्टिङमा दिन हिँडेको नेपाल प्रहरीको बा।१झ ५५९४ नम्बरको जिपले स्कुटर ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार  ठक्करबाट बा.९४प १०२५ स्कुटर सवार लीला थापा र सुजा थापा घाइते भएका छन् । उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

SHARE THIS