नयाँ आउने बिरामीको उपचार नगर्ने राप्ती प्रादेशिक अस्पतालको निर्णय



दाङ, भदौ १३ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बाहिरबाट आउने नयाँ बिरामीलाई भर्ना नगर्ने जनाएको छ ।  २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि बसेको आकस्मिक बैठकले अर्को सूचना नभएसम्मका लागि अस्पताल सिल गरेर बाहिरबाट आउने नयाँ बिरामीलाई भर्ना नगर्ने जनाएको हो ।

अस्पतालमा भर्ना भएका बिरामीलाई भने उपचार गर्ने जनाएको छ । अस्पतालमा प्रसुति , जनरल, गाईने र पोष्टअपमा गरेर ३३ जना बिरामी भर्ना भएका छन् । ‘तत्तकालका लागि हामीले बाहिरबाट आएका नयाँ बिरामीलाई भर्ना गर्दैनौ ,’ भित्रकालाई उपचार गछौ । अस्पतालका निमित्त प्रमुख डा। पदमराज अधिकारीले भने –‘ अझै अन्य डाक्टर र नर्स, स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षणपछि मात्रै के गर्ने भन्ने कुरा थाहा हुन्छ ।’

अस्पतालमा कार्यरत १ सय ४० जना मध्य ५० जनाको परीक्षण भइसकेको छ भने अन्य ९० जनाको पीसीआर परीक्षण गर्न बाँकी छ ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आइतबार नै बाँकी कर्मचारी र बिरामी सबैको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने निर्णय गरेको अस्पतालका फोकल पर्सन दोर्ण वलीले जानकारी दिए ।

SHARE THIS