बाख्राको खोर भत्कीदा तिन दर्जन वढि बाख्रा मरे

करेन्टले तानेर ४ वटा बाख्रा मरे ...
दाङ ,साउन १९ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ कोईलाखानी टोल स्थित सिस्नेकुटीमा अचानक बाख्रा खोर भत्कीदा तिन दर्जन वढि बाख्रा मरेका छन ।कोईलाखानी टोल विकास संस्थाका अध्यक्ष धनसिंह पुनका अनुसार स्थानिय बल बहादुर खड्काको बाख्रा खोर सोमवार विहान ४ बजेतिर भत्किएको हो ।खोर एक्कासी भत्किदा तिन दर्जन बढि बाख्रा, बोका मरेको उनले बताएका छन् । खड्काले ४५ वटा बाख्रा खोरमा भएको बताएको संस्थाका अध्यक्ष पुनले बताएका छन् ।

खोर भत्किएपछि केहि बाख्रा निस्कीएर बाँचे पनि धेरै जसो बाख्रा मरेको संस्थाका अध्यक्ष पुनले बताएका छन् ।खोर भत्किनुको कारण जिर्ण भएर हुन सक्ने अनुमान गरिएको छ । साथै २०७२ सालमा गएको भुकम्पले समेत असर पारेको हुदा त्यसले गर्दा पनि जिर्ण भएर भत्किएको हुन सक्ने बताईएको छ ।खोर भत्किदा कति क्षेति भयो भन्ने एकिङ भईसकेको छैन । 

SHARE THIS