प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने

प्रदेश नं ५ मा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क « News of Nepal
दाङ,भदौ १२। प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने निर्णय गरेपनि कार्यान्वयनमा थप जटिलता देखिएकोे छ । प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय भएपनि केहि जटिलता रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले राजमार्ग अनलाईनलाई जानकारी दिनुभयो ।

जिल्लामा परिपत्र आएपछि निर्णय कार्यान्वयनमा गर्न सकिने भएपनि प्रमाणपत्रमा लेखिएको प्राइभेट फम रजिष्ट्रेसन २०७६ अनुसार भन्ने वाक्य हटाउनुपर्ने प्रमुख वलीले बताउनुभयो । उक्त वाक्य परिमार्जन गर्न नियमावली संसोधन गर्नुपर्ने र त्यो संसोधन मन्त्रीपरिषदले मात्रै गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले निर्णय गरेअनुसार प्रमाणपत्रमा प्राइभेट फम रजिष्ट्रेसन २०७६ अुनसार भन्ने ठाँउमा परिपत्र अनुसार राखेपछिमात्रै अहिलेको निर्णय कार्यान्वयन गर्न सकिने उहाँले बताउनुभयो । उक्त वाक्य हटाउन कानुनी जटिलता भएको उहाँको भनाई छ ।

प्रदेशमा उद्योग दर्तामा पूर्ण छुट भन्ने निर्णय आफुहरुले विभिन्न संचारमाध्यबाट मात्रै थाहा पाएको र आधिकारिक निर्णय आफुकहाँ आइनपुगेको प्रमुख वलीले जानकारी दिनुभयो ।

SHARE THIS