
काँकडभिट्टा, भदौ १० । प्रहरीको गोली लागी घाइते भएका ३८ वर्षिय रसिकुल आलमको मृत्यु भएको छ ।
झापा गाउँपालिका– ३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका आलामको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरले जानकारी दिए ।
मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । गोली लागि सख्त घाइते भएका आलमलाई उपचारका लागि बिएमसी अस्पताल पु¥याएको थियो ।