दुर्घटना न्यूनीकरण गर्न सचेतना बोर्ड स्थापना

No description available.
घोराही, साउन २७ । घोराही उपमहानगरपालिका १७ पनौरा तल्लो चोकमा सवारी दुर्घटना जोखिम कम गर्न सचेतना बोर्ड स्थापना गरिएको छ ।

बोर्डमा विस्तारै गए सजिलै पुगिन्छ, छिटो गए भन्न सकिन्न, ट्राफिक नियमको पालना गरौ, आफु बचौ अरुलाई पनि बचाऔ लेखिएको सचेतना बोर्डमा धारापानी, गुलरीया र हरिद्धार जाने सडकको संकेत समेत गरिएको छ ।

पनौरा युवा क्लबका अध्यक्ष संगीत अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरी, नेकपा घोराही १७ का अध्यक्ष पदमबहादुर केसी, ट्राफिक प्रहरीबाट उत्तमबहादुर जिसी लगायलते बोल्नुभएको थियो ।

बोर्ड सौजन्य नेकपा घोराही १७ का अध्यक्ष पदमबहादुर केसीले गर्नुभएको थियो । जसका लागि उहाँले सात हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।


SHARE THIS