कृष्ण जन्माष्टमीमा दाङको शिबपार्बती तथा राधाकृष्ण मन्दिर बन्द हुने

No description available.
कमल ओली
दाङ, साउन २६ । कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने दाङको शिबपार्बती तथा राधाकृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ । कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, स्थानीय वासी, नागरीक समाज, सुरक्षाकर्मी लगायत सरोकारवाला व्यक्तिहरु सँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष रमेश कुमार आचार्यले यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने बताए । प्रत्येक वर्ष भाद्र अष्टमीमा कृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ । हरेक वर्ष घोराही उप महानगर पालीका वडा न. १७ मा रहेको शिबपार्बती तथा राधाकृष्ण मन्दिरमा अष्टमीकै दिन  पूजा अर्चनाका साथै भब्य नाचगान हुने प्रचलनसमेत रहेको छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा कृष्णको जन्म भएको धार्मिक विश्वास छ ।





SHARE THIS