कोरोना संक्रमणका कारण आज एक बालिकासहित ९ जनाको मृत्यु

Nagarik News - Nepal Republic Media

काठमाडौं, भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा एक बालिकासहित ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षका एक पुरुषको मृत्युु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै सबैभन्दा धेरै पर्सामा आज मात्र ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत ६१, ५८ र ४८ वर्षका पुरुषको मृत्यु भएको हो ।

यसैगरी बाराका ५५ वर्षका एक पुरुष, सिराहका ६८ वर्षका पुरुष, मकवानपुरका ५६ वर्षका पुरुष र भक्तपुरका ७३ वर्षका एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । यो कुल संक्रमितमा सून्य दशलव ५ प्रतिशत हो ।




SHARE THIS