सिमेन्ट उद्योगले स्थानियको स्वास्थ्य माथी खेलवार्ड गरेको आरोप


शिवु खनाल, दाङ, १ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगर ७ नम्बर वडा कमिटीले सिमेन्ट उद्योगले स्थानियको स्वास्थ्य माथी खेलवार्ड गरेको आरोप लगाएको छ । सोहि वडामा रहेको सम्राट सिमेन्ट उद्योगमा कार्यरत तीन जना मजदूरमा कोरोना पुष्टि भएपछि कमिटिका अध्यक्ष र सचिवले सयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गदै उद्योगले लापरवाही गरेको उल्लेख गरिएको छ ।

वडा कमिटीले जिल्ला प्रशासन कार्यालय दाङ, सम्राट सिमेन्ट उद्योग लमही, लमही नगरपालिका, इलाका प्रशासन कार्यालय लमहीलाई यस विषयमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । उद्योगले स्थापना गरेको क्वारेन्टिन सुरक्षित र स्वास्थ्य मापदण्द पालना नगरेकै कारण उनीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले यस प्रति समयमै सचेत र सावधानी अपनाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


ध्यानाकर्षण पत्रमा सम्राट सिमेन्ट उद्योगमा काम गर्न जानेहरु मजदुहरुको पहिचान गरेर स्वास्थ्य चेकजाँचको दायरामा बढाउन माग गरिएको छ भने सम्बन्धित गाउँलाई सिल गर्न र कच्चापदार्थ लिएर दैनिक जसो भारतिय मालबाहक ट्रकहरु सम्राट सिमेन्ट उद्योगमा आउने गरेको ध्यानाकार्षण पत्रमा उल्लेख गरिएको छ । शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५१ जनाको नमुना परीक्षण गर्दा तिन जनामा कोरोना पुष्टि भएको थियो ।

SHARE THIS