अटो अनियन्त्रित भई पल्टिदा तीनजना घाइते

विराटनगरमा अटो दुर्घटना हुँदा एक ...
दाङ,साउन ३२ । दाङमा अटो अनियन्त्रित भई पल्टिदा तीनजना घाइते भएका छन् । दंगीशरण गाउँपालिका वडा नं। ५ कुमलगढी स्थित तुलसीपुरबाट श्रीगाउँ जादै गरेको लु १ ह ८१५ नम्बरको अटो आइतबार बिहान साढे १० बजेतिर पल्टिदा तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ निवासी वर्ष ३१ की सविता गिरी, सोही ठाउँ निवासी वर्ष ५० का चन्द्र बहादुर विक र सोही ठाउँ निवासी वर्ष ३६ की पार्वती विक घाइते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । साथै अटो चालक र अटोलाई इलाका प्रहरी कार्यालय बालापुर चौकीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ ।

SHARE THIS