क्यानसर पिडित ओलीका लागी आर्थिक संकलन जारी

No description available.
कमल ओली,
दाङ,भदौ २ । तुलसीपुर उपमहानगर पालिका वडा न.१२ बाह्रबिगाह बस्ने पन्ध्र वर्षिय क्यानसर पिडित निराजन ओलीको लागी चन्द्रोदय विद्याकुञ्ज उरहरी जस्पुर दाङका शिक्षक तथा कर्मचारीले ३२ हजार आर्थीक सहयोग गरेका छन ।

त्यसैगरी उक्त विद्यालयमा उनीसंगै कक्षा दशमा अध्यनरत छात्रछात्राहरुले एघार हजार एक सय पच्चीस नगद रकम संकलन गरेका हुन ।

हाल जापनमा बस्दै आएका,तुलसीपुर उपमहानगरपालिका वडा न. बाह्रका लाल प्रसाद छन्त्यालले पाँच हजार, ममित आचार्यले पाँच हजार, बिजय खड्काले तीन हजार, नविन ओलीले पाँच हजार, तुलसीपुर उपमहानगरपालिका वडा न.११का सुसिल गौतमले पाँच हजार, ऋषीराज बस्नेले पाँच हजार, दिपाल वस्नेतले तीन हजार, विपिन लम्सालले तीन हजार, सुसिल चौधरीले पाँच हजार, अशोक बस्नेतले तीन हजार, शन्तोष वस्नेतले एक हजार, सोहि उपमहानगरपालिका वडा न.१६ का सुबास बस्नेतले पाँच हजार गरी जम्मा १२ जनाले जापानिज ४८ हजार रकम सहयोग गरेको चन्द्रोदय विद्याकुञ्जका प्रिन्सिपल दोर्ण वस्नेतले जानकारी दिनुभएको छ ।

क्यानसर पिडित ओली र उनको परिवारले सहयोगी दाताहरुलाई धन्यबाद व्यक्त गरेका छन ।
क्यानसर पिडित ओलीको विगत वैशाख पहिलो हप्ताबाट नेपाल क्यानसर अस्पताल हरिसिद्धि, ललितपुरमा उपचार भईरहेको छ । उनको शल्यक्रिया सफलता पुर्वक भएको छ भने उनले दायाँ हात गुमाएका छन । उनको उपचारका लागी अहिले सम्म  करिव तीस लाख रकम खर्च भईसकेको आमा सस्वती ओलीले जानकारी दिनुभएको छ ।
साथै परिवारले निराजनको उपचार खर्च जुटाउन नसकिने भन्दै सबैमा सहयोगको अपिल गरेको छ ।




SHARE THIS