चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १३ जनामा कोरोना संक्रमण

चितवन, भदौ ६ । चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भरतपुरको कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका १० जना सहित १३ जनामा संक्रमण पुष्टि भएको हो।

भरतपुर महानगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले बताइन्

त्यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरूको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो।

शनिबार दिउँसो पनि चितवनका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

भरतपुर कोभिड प्रयोगशालामा २० जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा कोरोना पुष्टि भएको थियो।


SHARE THIS