लमही बजार क्षेत्रभित्र १५् –१५ मिटर सडक फराकिलो बनाईने


शिवु खनाल, 
देउखुरी, ६ भदौ । प्रदेश नम्वर ५ का सांसद रेवतीरमण शर्माले नयाँ योजना निर्माण र कार्यान्वयनमा पार्टी पंक्तिलाई जोडेर सामुहिकताको अभ्यास राम्रो हुने बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लमही नगरकमिटिको बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले यस्तो बताएका हुन् । सरकारले अघी सार्ने हरेक योजना र कार्यक्रमलाई जनता माझ पु¥याउने जिम्मेवारी पार्टी कार्यकर्ताको रहेको उनले बताए ।

लमही बजारलाई व्यवस्थीत गर्ने, लमही–कोइलावास सडक क्षेत्र खुल्ला गर्ने, अव्यवस्थीत वसोवासी सिफारिस लगायत सार्वजनिक सरोकारको बिषयमा पार्टीको सहयोग लिने र सहकार्य गर्ने कार्यलाई सकारात्मक रुपमा अघी बढाउनुपर्ने सुझाव दिए ।

नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको वैठकले लमही बजारलाई व्यवस्थीत गर्न बजारमा ट्राफिकिङ्ग, रोड लाईट, डिजिटल रोड, शहिद मार्ग निर्माण लगायतका काम गर्न नगर कमिटिका ईञ्चार्ज, सह–ईञ्चार्ज, अध्यक्ष, सचिवबाट छलफल गरेर अगाडी बढ्ने निर्णय भएको छ ।

वैठकले भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत वसोवासीको पहिचान र लगत संकलन कार्यलाई पार्टी पंक्तिबाट सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै लमही कोइलावास सडक खण्ड भित्र रहेको बजार क्षेत्र भित्र दायाँ बायाँ १५–१५ मिटर सडक फराकिलो गर्न सर्वदलीयरसर्वपक्षीय छलफल गराउदै अगाडी बढ्ने, दिशा जन्य लेदो व्यवस्थापन गर्ने कार्य अन्तरगत लमही नगरपालिका वडा नम्वर ५ अजम्बरी सामुदायीक वन उपभोक्ता समितिको डम्पिङ्ग साईडमा लेदो व्यवस्थापन प्रशोधन प्लान्ट निर्माणको लागी सामुदायीक वन संग छलफल गर्ने, प्रदेश स्तरीय पशु ल्याव स्थापनको लागी ठाउँ छनौंट गर्न सबै तह र क्षेत्रबाट अनुसन्धान गरी निर्णयमा पुगीने, लमही नगरपालिका वडा नंम्वर ७ मा स्थापनाको तायरीमा रहेको औद्योगीक ग्राममा अटो भिलेज सञ्चालन गर्ने, लमही बजारका अव्यवस्थीत अटो व्यवसायलाई त्यहाँ लैजान सम्वन्धित पक्ष संग छलफल गर्ने निर्णय गरिएको छ ।

यस्तै लमहीको शब्जीमण्डीलाई हाल ईलाका हुलाक, सव–वन डिभिजन कार्यालय रहेको स्थानमा व्यवस्थीत गर्ने र त्यहाँ रहेका कार्यालयलाई अनेत्र व्यवस्थापन गर्न सहयोग गर्ने निर्णय वैठकले गरेको छ ।

वैठकमा नेकपाका प्रदेश ५ सदस्य लेखराज रेग्मी, जिल्ला सदस्य विरबहादुर केसी, नारायण डिसी छम्पाली, रतनकुमार केसी, ओमप्रकास सुवेदी (सागर) धुपनारायण चौधरी, पवन रिजाल, शिल्पा चौधरी लगात वडा कमिटिका अध्यक्ष, सचिव लगायतको उपपस्थीति रहेको थियो ।

बैठकको सञ्चालन नगर सह–ईञ्चार्ज नारायण डिसी छम्पालीले गरेका थिए ।

SHARE THIS