तुलसीपुरमा नवजात शिशुको शव फेला

लुम्बिनी मेलिकल कलेजबाट जन्मिएको ४ घण्टापनि नवित्दै नवजात शिशु चोरी -  Shiksha Sansar
दाङ, भदौ १२ । तुलसीपुर १२ मा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर १२ मालेडाँडा स्थित हस्नापुर कुलोमा शुक्रवार विहान  बेवारिसे अवस्थामा नवजात शिशुको शव स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खवर प्राप्त हुना साथ घटनास्थलमा प्रहरीको टोली पुगेपछि नवजात शिशुको शव फेला परेको हो ।

शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर राखीएको छ । घटनाको प्रकृति हेर्दा शिशु २र३ महिनाको जस्ता देखीने र घटना स्थलमा स्थानियले देख्नु भन्दा अन्दाजी २ घण्टा अगाडी ल्याएर फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त शिशुलाई कसले र किन ल्याएर छाडेको भन्ने विषयमा केहि खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

SHARE THIS