२४ घण्टामा ४६८ कोरोना संक्रमित थपिए ,तीन जनाको मृत्यु

कोरोनाले थप तीन जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो
दाङ,साउन ३१ । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । आज शनिबार भएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टा यता  कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एकरएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए । 
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । 

SHARE THIS