११ जनालाई कोभिड–१९ पुष्टि भएपछि भैरहवा डिपो ५ दिनका लागि बन्द

११ जनालाई कोभिड–१९ पुष्टि भएपछि भैरहवा डिपो ५ दिनका लागि बन्द
काठमाडौं,साउन ३२ । नेपाल आयल निगमको ५ नं। प्रादेशिक कार्यालयमा गरिएको कोभिड–१९ परिक्षणबाट ११ जनामा रोग संक्रमण पुष्टि भएको छ । निगम कार्यालयका ३ कर्मचारी, मातहतका पेट्रोल पम्पका ३ जना र हवाइ इन्धन डिपोका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
११ जना कारोना संक्रमित भेटिएपछि भैरहवा डिपो ५ दिनका लागि बन्द हुने भएको छ ।

निगमका अनुसार संक्रमित कर्मचारी आइसोलेसनमा रहनेछन् भने ट्यंकर चालक र सहचालकको ५ दिनपछि पीसीआर जाँच हुनेछ ।

भैरहवा डिपो बन्द भएपछि सो डिपोबाट आपूर्ति हुँदै आएको पेट्रोलियम पदार्थ अम्लेखगञ्ज डिपोबाट आपूर्ति हुनेछ । जसका लागि ट्यांकर पनि अम्लेखगञ्ज डिपोकै प्रयोग गरिने निगमले जनाएको छ ।

५ दिनपछि संक्रमित नभएका डिपोका कर्मचारी, रिजर्भ कर्मचारी तथा चालक र सहचालकले डिपोको दैनिक काम गर्नेछन् ।

पेट्रोल पम्प र हवाई इन्धन डिपो भने एकसाताका लागि बन्द रहनेछ ।

निगमले यसअघि ७–७ दिनको रोटेसनमा काम गर्ने गरी ड्युटी रोस्टर तयार पारिसकेको छ ।

SHARE THIS