दाङमा युबाहरुको कुटपिटबाट तीन जना घाईते

कुटपिटबाट एक युवकको मृत्यु, १४ युवा ...
हेमराज परिवर्तन,
घोराही,साउन ३१ । 
दाङको घोराही उपमहानगरपालिका १३ खिरिट्टे बस्ने वर्ष २६ का अम्मर भण्डारी,वर्ष २३ का हेमराज भण्डारी र वर्ष ४१ का निम बहादुर भण्डारीलाई करिव ८/१० जनाको समुहले शुक्रबार सांझ कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्नेमा सोहि ठाउँ(घोराही उपमहानगरपालिका १६)चोरगाउँ बस्ने प्रदिप चौधरी लगाएतका युबाहरुले कुटपटि गरेका हुन । निजलाई कुटपिट गरी उनीहरुको साथबाट ३० हजार नगद रकम,दुई थान हवाई र सामसुङ मोबाईल,घडि लगाएतका सामाग्री लुटेका हुन ।

कुटपिटमा संलग्न रहेको मध्य दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १६ चोरगाउँ बस्ने वर्ष २८ का सुबिर चौधरी र सोहि ठाउँका ३३ वर्षीय सुनिल चौधरी रहेका छन । त्यसैगरी अन्य फरार व्यक्तिको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


SHARE THIS