भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारभन्दा बढीको मृत्यु

आजदेखि हुँदै नयाँदिल्ली विधानसभाको ...
दाङ, साउन २३ । नयाँदिल्ली — भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको बीबीसीले उल्लेख गरेको छ ।
No description available.
भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ ।
No description available. पछिल्लो १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

SHARE THIS