लोक गीत ‘मायाँले मन मलाई नै पराउँछ’ सार्वजनिक


दाङ, भदौ १० । लोक दोहोरी प्रतिष्ठान दाङकी महिला उपाध्यक्ष विमला खड्को स्वरमा रहेको लोक गीत ‘मायाँले मन मलाई नै पराउँछ’ सार्वजनिक भएको छ । गामबेसी मिडिया युटुव च्यानबाट सार्वजनिक भएको उक्त लोक गीतमा उपाध्यक्ष खड्का र सालिकराम रोका क्षेत्रीको स्वार रहेको छ ।

सुरज केसीको शब्द संगीत रहेको गीतमा सन्देश शाहाले निर्देशन गर्नुभएको छ । हिजो मंगलबार  युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिका खड्काले आफ्नो पहिलो गीत भएको भन्दै सहल्ला सुझावको अपेक्षा गरेको बताउनुभएको छ । साथै उहाँले अब केही समयमा अर्को गीत ल्याउने तयारीमा लागेको समेत जानकारी दिनुभएको छ ।त्यसैगरी नव गायक रोकाले उक्त गीत आफ्नै गाउँठाउको शुन्दर दृश्यका साथ छायाङकण गरिएको र स्थानिय कलाकारलाई प्राथामिकता दिएको बताउनुभयो ।

हेर्नुहोस पुरा भिडियो 
https://www.youtube.com/watch?v=CUZyRd2J4u4

SHARE THIS