जनताको गुनासो सुन्न घरदैलोमाः सांसद चौधरी


शिवु खनाल,
देउखुरी, भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गरेका छन् । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर ८ बिचका गाउँ, सतवरीया, कोल्तरा हुदै अमिलिया स्थित सिमा क्षेत्र (शिवखोला) का स्थानियहरुसंग बसेर गाउँको समस्या बारे वृहत रुपमा छलफल गरेका छन् ।

विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९ं(को बेला आफनो निर्वाचन क्षेत्र अन्तरगतका गाउँमा पुगेर स्थानियहरुको गुनासो र उनहरुको मागलाई सम्बोधन गर्न गाउँ प्रवेश गरेको सदस्य मेटमणी चौधरीले जानकारी गराए ।

गाउँमा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीलाई फुलमालाले स्वागत गर्दै, स्थानिहरुले गाउँका विभिन्न समस्याहरु राखेका थिए । स्थानियहरुले वर्षेनी झेल्दै आएका समस्याहरु अन्तरगत खहरले खोलाहरुले खेती योग्य जमिन कटान गरेको, वर्षायाममा राप्ती नदी गाउँमा पस्ने समस्या, चुरे क्षेत्रमा लगाइएको तटबन्ध राप्ती नदीमा आउने बाढीले बगाएको लगायत विभिन्न समस्याहरु सदस्य चौधरी सामु राखेका थिए ।

सदस्य मेटमणी चौधरीले स्थानियहरुले छलफलमा गरेको गाउँका सबै समस्यालाई समाधान गर्ने र गाउँमा विकासको लागि राखिएको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । उनले भने,–। ‘मैले पहिलै देखि भनिरहेको छु, म आफै बनाउने छु मेरो निर्वाचन क्षेत्रलाई भन्ने अभियानमा छु । ढुक्क हुनुहोस्, मेरो कार्यकालमै जनताको मागलाई सम्बोधन गर्नेछु ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दाङ जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, सचिवालय सदस्य मिना गुरुङ् तथा क्षेत्र नं.१ का संयोजक, जिल्ला सचिवालय सदस्य विरबहादुर केसी, नगर कमिटिका सचिवालय सदस्य डण्डीराम चौधरी, शसिराम नेपाली लगायतको संयुक्तमा सदस्य चौधरीले पार्टीका कार्यकर्तासंग भेटघाट तथा राजनितिक विषय बारे छलफल गरेका छन् ।

SHARE THIS