घोराही र लमहीलाई जोड्ने अर्को बैकल्पिक मार्ग खुल्ने

भूमि व्यवस्थापन भए ३६ लाखको हातमा लालपुर्जा : चौधरी | Ratopati

शिवु खनाल
दाङ १३ भदौ । नेपाल कम्युनिष्ट (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले   घोराही उप–महानगरपालिका वडा नम्बर ५ दाङकै प्रसिद्ध पाण्डवेश्वर महादेव धारपानी मन्दिर र देउखुरीकै प्रसिद्ध लमही नगरपालिका वडा नम्बर ८ टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) गुफा जोड्ने बाटोको स्थलगत अनुगमन गरेका छन् ।

धारपानी मन्दिर र टेङ्नैया निम्बुखुटी जोड्न नयाँ ट्र¥याक संचालन गर्नको लागि सदस्य मेटमणी चौधरीले घोराहीको सुनकोट, बसेरी गाउँ हुदै लमही नगरपालिका वडा नम्बर ८ टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) गुफा हुदै करिब १८  किलोमिटर पैदल यात्रा हिड्दै स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन् ।  धारपानीबाट सिधै लमही नगरपालिका वडा नम्बर ८ सतबरिया महेन्द्र राजमार्गमा बाटो निस्किने भएको सांसद मेटमणी चौधरीले बताए ।

धारपानी मन्दिर र टेङ्नैया गुफासंग जोड्न नयाँ ट्र¥याक खोल्नको लागि आर्थिक वर्ष ०७७ .  ०७८ मा दुई करोड ५० लाख बजेट विनियोजन गर्ने सदस्य मेटमणी चौधरीले जानकारी दिए ।

यता टेङ्नैया बाबा धार्मिक विकास व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले सांसद चौधरीलाई स्वागत तथा सम्मान गर्दै, निम्बुखुटी र धारपानी जोड्ने बाटोले समग्र गाउँमा विकासमा टेवा पुग्नुकासाथै टेङ्नैयाको प्रचारप्रसारमा अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यो बाटो निर्माण गरियो भने दाङ देउखुरी आवतजावतमा निकै छोटो हुनेछ भने ट्राफिकको समस्यामा पनि कमि हुनेछ नेपालगंज निस्किने अहिलेको भन्दा धेरै छिटो हुनेछ । यो बाटोको अनुगमनका कारण सतबरिया बासी जन्ता अत्यन्तै खुशी छन् ।

सांसद मेटमणी चौधरीको सचिबालय सदस्य सुरामणी बेल्वासे, मिना गुरुङ्, जिल्ला सचिवालय सदस्य विबेक श्रेष्ठ, बसन्तराज शर्मा, विबेक बुढाथोकी, घोराही ५ का निर्वाचित अध्यक्ष विष्णुमणी दाहाल, धारपानी मन्दिरका सचिव विष्णुराम आचार्य, जिल्ला वन कार्यालयका प्राविधिक किर्तीबहादुर जिसी, मधु खतिवडा लगायतको सहभागितामा बाटोको अनुगमन गरिएको थियो ।

SHARE THIS