सुनको मूल्य घट्ने क्रम रोकियो, प्रतितोला ८ सय रुपैयाँले बढ्यो

बढ्यो सुनको भाउ - || वर्णन मिडिया - संवाहक सूचना तथा समाचारको ||
काठमाडौं,भदौ ११ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम बिहीबार रोकिएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन ८ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

छापावाल सुन ८ सयले महँगिदा तेजाबी सुन पनि आठै सयले बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय र छापावाल सुनको ९६ हजार ३ सय थियो ।

एक सातादेखि सुन निरन्तर सस्तो भइरहेको थियो । सुनको मूल्य बढ्दा आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

SHARE THIS