मुख्यमन्त्री र अर्थमन्त्रीको द्वन्द्वले प्रदेश २ सरकार परिवर्तनको संघारमा


प्रदेश २ का सांसदहरुले मागे स्वकिय ...
काठमाडौँ,साउन २८ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गठन भएर जनता समाजवादी पार्टी बने लगतै प्रदेश–२ मा सरकार परिवर्तन चर्चा शुरु भएको छ । प्रदेश २ मा अहिले तत्कालिन समाजवादी र राजपा नेपालको संयुक्त सरकार छ । केन्द्रमा पार्टीमा एकीकरण भएपनि संसदीय दल तथा अन्य तल्ला कमिटीको बीचमा एकीकरण भएको छैन ।


त्यही भएर केन्द्रमा एकीकरण भएपनि अहिले त्यहाँ दुई दलको सरकार रहेको छ । प्रदेश कमिटी र त्यसको संसदीय दलको एकीकरण हुने वित्तिकै त्यहाँ सरकार परिवर्तन हुने निश्चित छ । अहिले दुवै पार्टीका एक एकजना संसदीय दलका नेता रहेका छन् । तत्कालिन समाजवादी पार्टीको नेतृत्वमा त्यहाँको सरकार रहेको छ ।


एकीकरण पश्चात बन्ने संसदीय दलको नेता नै त्यहाँको सरकारको नेतृत्व गर्ने भएपछि अहिले जसपा नेपालमा प्रदेश संसदीय दलको अध्यक्ष बन्नका लागि हानाथाप भइरहेको छ । मुख्यमन्त्री मात्र होइन, पुरै टीम नै परिवर्तन गर्नुपर्छ भन्ने पार्टीमा अवाज उठ्न थालेको छ ।सांसदहरुले केही दिन पहिले जसपाका नेताहरुलाई भेटेर यसबारे ध्यानाकर्षण नै गराएका छन् ।

SHARE THIS