काठमाडौंमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि

काठमाडौंमा मृत्यु भएकी वृद्धामा ...

काठमाडौं, भदौ ९ । सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चावहिलको दीर्घायु  गुरु अस्पतालमा भर्ना  भएकी उनको सोमबारै मृत्यु भएको थियो ।

मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । ‘उनको हिजो मृत्यु भएको थियो उनको रिपोर्ट भने आज आएको हो’ उनले भने ।

पछिल्लो २४ घण्टामा यी महिलासहित काठमाडौं उपत्यकामा २ जना संक्रमितको मृत्यु भएको छ । 

SHARE THIS