सडक डिभिजन कार्यालय दाङले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोण र डोरी सहयोग


दाङ, साउन ३० । सडक डिभिजन कार्यालय दाङले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोण र डोरी सहयोग गरेको छ । सडक डिभिजन कार्यालयका प्रमुख निराजन शाक्यले ट्राफिक प्रहरी प्रमुख प्रेम प्रसाद रेग्मीलाई ५० वटा ट्राफिक कोण र ५ रोल डोरी सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको थियो ।

कार्यालयमा शुक्रबार एक कार्यक्रम गरी प्रमुख शाक्यले सडक दुर्घटना न्युनिकरणमा केही सहयोग पुगोस भन्दै उक्त सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले सडकलाई थप ब्यवस्थित गर्न आफ्नो पहल भइरहेको समेत बताउनुभयो । यस्तै ट्राफिक प्रहरी प्रमुख रेग्मीले आफुले पहिलो पटक सडक डिभिजनबाट उक्त सामाग्री प्राप्त गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो ।

साथै उहाँले थप ट्राफिक कोणहरु भएको भन्दै सवारी साधान ब्यवस्थापन गर्न थप सहज हुने बताउनुभयो । उक्त कोणलाई जिल्लाका सवारी साधानको चाप हुने विभिन्न ठाउँमा पठाई समेत जानकारी दिनुभयो ।

SHARE THIS