रोटरिले दुईवटा प्रतिक्षालय निर्माण गर्दै


शरद रेग्मी,
तुलसीपुर,साउन २८।
रोटरि क्लब अफ तुलसीपुर सिटिले यस क्षेत्रका दुईवटा मन्दिरहरुमा
प्रतिक्षालय निर्माण गर्ने भएको छ ।
प्रसिद्द धार्मिक स्थलहरु त्रिसिद्देश्वरि मन्दिर र दुधेनाको कृष्ण
मन्दिरको प्रागंनमा तिर्थालु भक्तजनहरुका लागि सुबिधायुक्त प्रतिक्षालय
निर्माणको काम सुरु भएको रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश
हमालले जानकारि दिनुभयो ।
त्रिसिद्देश्वरि मन्दिर प्रागंनमा निर्माणहुन लागेको प्रतिक्षालय रोटरि
क्लब अफ तुलसीपुरका सस्थापक अध्यक्ष स्वर्गिय राजकुमार श्रेष्ठको
सम्झनामा निर्माणको कामको सुरुवात गरेको श्रेष्ठकि धर्मपत्नि निर्मला
श्रेष्ठले जानकारि दिनुभयो ।
स्वर्गिय राजकुमार श्रेष्ठको योगदान र सामाजिक सेवाको सम्झना गर्न समेत
प्रतिक्षालय निर्माणमा आफुले चासो दिएको उहाले बताउनुभयो ।
करिब तिन लाखको स्टिमेट गरिएको प्रतिक्षालयको बुधबार स्वर्गिय श्रेष्ठकि
भाउजु मैना देबि श्रेष्ठले जग पुजा गरेर निर्माणको कामको शुभारम्भ
गर्नुभएको थियो ।
भवन निर्माण समितिको सयोजकमा क्लबका पुर्ब अध्यक्ष कुशल तर्ताल रहनुभएको
छ भने क्लबका भाबि अध्यक्ष शिब श्रेष्ठले समन्वयकारि भुमिकामा रहनुभएको छ

यता..
तुलसीपुरको दुधेनामा रहेको कृष्ण मन्दिरमा रोटरि क्लब अफ तुलसीपुर सिटिका
सदस्य क्षेत्र भण्डारिको सयोजकत्वमा रोटरि प्रतिक्षालय निर्माणको काम
सुरु गरिएको छ ।
भण्डारिले आफ्ना स्वर्गगिय बुवा तेजबहादुर भण्डारिको सम्झनामा धार्मिक
प्रतिक्षालय निर्माणको कामलाई अगाडि बढाउनुभएको हो ।

SHARE THIS