तुलसीपुरमा घरमै बसेका व्यक्तिमा कोरोना, संक्रमितको घर शिल

इटहरी–२० शिल गरौं
तुलसीपुर, भदौ १ । तुलसीपुरमा घरमै बसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको घरमा शिल गरिएको छ । साउन २६ गते स्वाब दिएका उनको भेरि अस्पताल नेपालगञ्जमा स्वाब परिक्षण गर्दा संक्रमण पुष्टि भएपछि घरमा आवात–जावतमा रोक लगाइएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिलाई बेलुझुण्डीको कोरोना विशेष अस्पतालमा लागिएको छ । घरका परिवारका सदस्यका कारोनाको लक्षण देखिएपछि मात्रै कोरोना परिक्षण गरिने भएको छ ।

घरमै बसेका व्यक्तिमा कोराना संक्रमण देखिएपछि स्थानीय त्रासमा रहेका छन् । संक्रमित व्यक्ति घरमै भएपनि उनको परिवारका सदस्यहरु अन्य व्यक्तिको सम्पर्कमा रहेको स्थानीयले बताएका छन् ।

एनि सल्यानको कपुरकोटमा रहेको राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रका कर्मचारी समेत रहेको कपुरकोट गाउँपालिकाका कोभिड–१९ फोकल पर्सन देवेन्द्र सेनले जानकारी दिनुभयो । केहि समय अघिमात्रै उनि काठ्माण्डौबाट सल्यान फर्किएका थिए । कपुरकोटमा स्वाब दिएका उनि आफ्नो घर तुलसीपुरमा बसेका थिए ।

यसैबिच तुलसीपुरमा अहिले १६ जना सक्रिय संक्रमित रहेका छन् । तुलसीपुरमा अहिलेसम्म ७८ जनामा संक्रमण देखिएको छ भने ६२ जना निको भएर डिस्चार्ज भएका छन् ।

राप्ती लाईफ केयर, सेन्टर मावि, होम क्वारेन्टाइनमा र होटल क्वारेन्टाइनमा गरेर उपमहानगरपालिकामा अहिले ५५ जना क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा मात्रै ३० जना रहेको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

SHARE THIS