रोल्पामा पानी संगै आएको हावा हुरीले मकैबालीमा क्षेति

No description available.
घोराही,साउन २२ । रोल्पामा पानी संगै आएको हावा हुरीले रोल्पाका विभिन्न स्थानमा कृषकहरुले लगाएको मकै वाली नष्ट गरेको छ । गत मंगलबार हावा हुरी संगै आएको वर्षाले भर्खरै धानेवाला फाल्न लागेको मकैमा क्षती पु¥याएको हो । रोल्पाको अधिकांस स्थानमा वर्षे वालीको रुपमा मकै खेती गर्ने गर्द छन । यस  वर्ष समयमै प्रयाप्त मात्रामा पानी परेकाले किसानहरुले बेलैमा मकै रोपेका थिए । वेला–वेलामा पानी परेकाले यसपालीको मकै उत्पादनमा राम्रो हुने आशा  गरेका किसानहरु एक्कासी आएको हावा हुरीले मकै ढाल्दा मारमा परेका छन ।
उक्त हावाहुरीले विशेषगरी रोल्पाको परिवर्तन गाँउपालिका वडा नंम्वर २ दाङ्जैका  करिव ४० घर परिवारले लगाएको मकैमा पानी सँगै चलेको ठुलो हावाले क्षति गरेको हो ।
लालीगुरास कृषक समुह तथा साना सिंचाई समितीका सचिव भिमप्रकास खत्रिकोमात्रै १५ हजार क्षेत्रफलमा लगाएको करिव ४० देखि ५० हजार रुपैया बरावरको उत्पादन हुने आफ्नोमात्रै मकैमा क्षति भएको उहाले बताउनु भयो । 
यस्तो विपत्तिको समयमा मकै बालिमा भएको क्षतिले भोकमरी पर्ने सम्भावना हुने भन्दै स्थानिय कृषक लोकन्द्र के.सीले दुःख व्यक्त गरेका छन । राङ्सीको दाङ्जै लगाएत कालाबाङ,चौर र भल्टुङ गाँउका सबै कृषकको मकै बारीमा ठुलो क्षति भएपछि अहिले उनिहरुले स्थानिय तहसँग राहतस्वरुप क्षतिपुर्तिको आशा राखेका छन् ।।




SHARE THIS