पहिरोले वडा अध्यक्षको घर भत्कियो

सल्यान,भदौ ३ ।सल्यान सदरमुकाममा खलंगामा गएराती आएको पहिरोले वडाध्यक्षको घर भत्किएको छ । सदरमुकाम खलंगाको विद्युत प्राधिकरणको कार्यालय नजिकै शारदा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामसिंह बुढाथोकीको घरमा पहिरोले क्षेति पुर्याएको हो ।
राति १ बजे सडक छेउबाट झरेको पहिरोले बुढाथोकीको घरको माथिल्लो भागका पछाडी थपिएका नयाँ कोठ पुर्णरुपमा भत्किएका छन् । माथिल्लो भागका कोठामा गएराती कोहि नसुतेकोले कुनै मानविय क्षेति भने नभएको प्रहरिले बताएको छ।घटनास्थतलमा अहिले नेपाली सेना र नेपाल प्रहरी पहिरो पन्छ्याउन लागिरहेका छन् । 

SHARE THIS