दाङका ३ जनामा कोरोना पुष्टि

दाङमा थप १९ जनामा कोरोना संक्रमण ...

दाङ, भदौ ३ । दाङमा आज ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिष्ठानका अनुसार कोरोना पुष्टि हुनेमा वडा नम्बर ४ का १८ वर्षका दुई जना पुरुष र वडा नम्बर ३ का २६ वर्षका एक पुरुष रहेका छन् । बबईबाट संकलित ८० स्वाबमा १० जनाको परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो ।

SHARE THIS