चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि | Sagarmatha TV

सुवास पण्डित
चितवन, भदौ १५ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं। ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए ।

ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा। पौडेलले बताए ।

चितवनमा कोरोनाबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका ३ जना, बाराको निजगढ, नबलपरासीको विनयत्रिवेणी र गोरखा आँबुखैरहनीका १–१ जना छन् ।

SHARE THIS