कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

Commentary: KP Oli meets his Waterloo?
काठमाडौं, साउन २३ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो ।

पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने ।
स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।


SHARE THIS