सरकार न्याय नदिने अभियानमा

सरकार न्याय नदिने अभियानमा 
काठमाडौं,भदौ १४ । न्यायका लागि मानवअधिकारले सरकार र सत्तासिन दल बलपूर्वक बेपत्तालगायत द्वन्द्वबाट पीडामा परेका नागरिकलाई सही न्याय नदिने अभियानमा लागेको जनाएको छ ।

संयोजक इन्द्रप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीडितहरुले वर्तमान गठिन सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगहरुबाट न्याय पाउने आश तृण बन्दै गएको छ । नियुक्त पदाधिकारीले द्वन्द्व पीडित र मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको सहकार्य र विश्वसनीय वातावरणसमेत बनाउन नसकेको कारणबाट अहिले नियुक्त पदाधिकारीको विकल्प खोज्न ढिलो गर्न नहुने हाम्रो आग्रह छ ।”



SHARE THIS