देउखुरीका १५ वटा सामुदायिक निश्कृय

No description available.
सन्तोषकुमार गुप्ता
देउखुरी, साउन ३० । देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निश्कृय रहेका छन् ।

लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा आर्थिक नभएकोले निश्कृृय भएको रहेको नर्ती सामुदायिक वन समन्वय समितिले जनाएको छ ।।निश्कृय सामुदायिक वनहरुले सदस्ययता नबिरण भरि गराउने गरेका तर साधारणसभा तथा अधिबेशन भने अहिले सम्म नगराउने गरेको र सम्पर्क बिहिन अबस्थामा रहेको नर्ति  समन्वय समितिकी कार्यालय सचिब आशा चौधरीले जानकारी दिएकी छिन् ।

राजनीतिहावी भएको कारण र कतिपय सामुदायिक वनहरुमा आर्थिक नभएको कारण सभा तथा अधिबेशन नगरिएको बताउने गरेका छन् । सामुदायिक बनहरुलाई पटकपटक सभा तथा अधिबेशन गर्न भने पनि उनीहरूले बेवास्ता गरेको सचिब चौधरीको भनाई छ।

सामुदायिक वनमा आर्थिक नहुदा कतिपय सामुदायिक बनहरु आफै संरक्षण गरेका छन् तर कतिपयले बन हेरालु राख्न नसक्ने अबस्थामा छन् भने कतिपय सामुदायिक बनहरुमा आर्थिक भएपनि राजनीतिको आडमा त्यहाँ रहेको सामुदायिक बनमा सभा तथा अधिबेशन हुन सकेको छैन् ।

SHARE THIS