सुन ९६ हजार ९०० सय रुपैयाँमा झर्‍यो, चाँदीको भाउ कति ?

आज घट्यो सुनको भाउ, तोलाको कति ? – Dcnepal
काठमाडौं,भदौ १२ । यस साता निरन्तर घटेको सुनको भाउ शुक्रबार पनि ओरालो लागेको छ । हिजो ९बिहीबार० को तुलनामा आज(शुक्रबार) तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलामा ९६ हजार ४ सय कायम भएको छ । बिहीबार तोलाको ९७ हजार १ सय तोकिएको थियो ।

यसैगरी चाँदी पनि तोलामा ५ रुपैयाँले झरेर १३४० कायम भएको महासंघले जनाएको छ ।

SHARE THIS