आईसीयूमा उपचाररत संक्रमित कुन प्रदेशमा कति ?

COVID-19 ICU patients' survival rate has improved: study on ...
काठमाडौं,साउन २७  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो चौबीस घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ संक्रमित उपचाररत छन् । जसमध्ये ८५ संक्रमितको आईसीयूमा र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३५ जनाको आईसीयू र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रदेश ५ मा  ६ संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा आईसीयू र भेन्टिलेटरमा संक्रमित नरहेको समेत मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्‍ने कुन प्रदेशमा कति 
कोरोना संक्रमण देखिएर होम(आइसोलेसमा २२४ जना बसेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार होम(आइसोलेसनमा प्रदेश १ मा ४०, प्रदेश ५ मा १४५, कर्णाली प्रदेशमा चारजना छन् ।
प्रदेश २, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशमा कुनै पनि संक्रमित होम(आइसोलेसनमा नरहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि एक हजार १३४ आईसीयू बेड र पाँच सय ७६ भेन्टिलेटर छुट्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । 

SHARE THIS