गढवा बजारमा बढी मुल्यमा मल बिक्री गर्ने ३ जना पक्राउ

महोत्तरीमा पाँच जना ठग प्रहरीको ...
ओमप्रकाश गुप्ता/सिसहनियाँ,भदौ १० । दाङ देउखुरीको गढवामा बढी मुल्यमा मल बिक्री गर्ने तिन जना पक्राउ परेका छन् । रासायनिक मलका बिक्रेताहरुले बढी मुल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा, र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त टोलिले अनुगमन गर्दा तिन जना पक्राउ परेका हुन् । गढवा गाउँपालिकाको बजार क्षेत्रमा रासायनिक मल बिक्रि गर्ने गढवा गाउँपालिका वडा नम्बर ५ का सुनिल पोखरेल, वडा नम्बर ६ का राजकुमार गुप्ता र युबराज पाण्डेले पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

उनीहरुले संचालन गरेको पसलबाट प्रति बोरा ७२१ पर्ने युरिया मल उपभोक्तालाई २४ सयका दरले बेचेको आरोपमा उनिहरु पक्राउ परेका हुन् । उपभोक्ताहरुलाई ठगेको, कालो बजारी गरेकाले उनीहरु माथि मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

SHARE THIS