२ लाख ९० हजारसहित बौद्धबाट १२ जुवाडे पक्राउ

२ लाख ९० हजारसहित बौद्धबाट १२ जुवाडे पक्राउ
काठमाडौं,भदौ १४ । काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

३६ वर्षीय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्‍वाइन गोटी पनि बरामद गरेको छ ।

फाइल तस्बिर ।

SHARE THIS