चितवनमा थप १२ जनामा कोरोना पुष्टि

चितवनमा बालिकासहित १२ जनामा कोरोना ...

चितवन, भदौ ८ । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं।, ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन् ।

यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो ।

SHARE THIS