६ जना संक्रमित भेन्टिलेटरमा, पाँच जिल्लामा ५ सयभन्दा बढी संक्रमित

बुधबार थप ४८४, सङ्क्रमित सङ्ख्या २४ ...
काठमाडौं,भदौ १ । नोभेल कोरोना भाइरसका ५८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८१ संक्रमित थपिएका हुन् ।
जसमा १७३ महिला र  ४०८ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुने दर ६४ दशमलव २ प्रतिशत रहेको छ ।आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ । 

पछल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख २९ हजार ४२७  जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्‍न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ७ हजार ३८ छन् । दुई हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् ।
आजसम्म देशभर १५ हजार १९८ जना क्‍वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं ।
संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा  र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
 हालसम्म देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । 

SHARE THIS