मुख्यमन्त्री पोखरेलेको सुरक्षामा खटिएका चार जनामा कोरोना संक्रमण

थाहा खबर: आरडिटी पोजेटिभ देखिएका ...
दाङ, भदौ १०  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलेको सुरक्षामा खटिएका चार जनामा कोरोना संक्रमण देखिएको छ । प्रहरी स्रोतका अनुसार मुख्यमन्त्रीका सुरक्षामा खटिएका दुई प्रहरी जवान, एक हवल्दार र एक चालकमा संक्रमण देखिएको हो ।

चारै जनालाई बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । चारै जनाको अवस्था सामान्य छ । एक प्रहरी जवानको श्रीमतीमा संक्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गर्ने क्रममा मुख्यमन्त्रीका सुरक्षामा खटिएका चार संक्रमण देखिएको हो ।
स्रोतका अनुसार संक्रमण देखिएकी प्रहरी जवानकी श्रीमती बुटवलमा बैंकको जागिरे रहेको खुलेको छ । प्रहरीको श्रीमतीमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा थप चार जनामा देखिएको हो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।
चार जना प्रहरीमा संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पनि कन्ट्रयाक्ट ट्रेसिङपछि मंगलबार नै स्वाब संकलन गरिएको छ । त्यस्तै मुख्यमन्त्रीको सचिवालयका कर्मचारी र उनीहरुको पनि नजिक रहेका अन्य केही कर्मचारीको पनि स्वाब संकलन भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

SHARE THIS