६४१ कोरोना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

६४१ कोरोना संक्रमित थपिए, १३४ जना डिस्चार्ज
दाङ,साउन ३२। नोभेल कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ संक्रमित थपिएका हुन् ।
जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।
आइतबारसम्म देशभर सक्रिय संक्रमितको  संख्या ९ हजार २२१ रहेको छ । 
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९०७  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७२४ छन् । आजसम्म देशभर १५ हजार २४३ जना क्‍वारेन्टिनमा रहेका छन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए ।
 हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

SHARE THIS