दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु


झापामा राष्ट्रिय परिचय पत्रको लागि ...
दाङ,साउन २० । दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । जिल्लामा अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

केही दिनपछि इलाका प्रशासनमार्फत पनि काम सुरु हुने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । जिल्लामा पहिलोपटक राष्ट्रिय परिचयपत्र घोराही उपमहानगरपालिकामा उपप्रमुख सीता सिग्देल न्यौपानले बनाएकी छिन् ।

परिचयपत्रमा नागरिकको वैयक्तिक विवरणको केन्द्रीकृत रूपमा अभिलेख हुन्छ । व्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रका रुपमा प्रयोग गर्न सकिने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा परिचयपत्र उपयोग गर्न सकिन्छ । हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यवस्था छ ।

SHARE THIS