जन्मदिनको अबसरमा रक्तदान


घोराही, २० असार । रोल्पाको त्रिबेणी गाउँपालिका ७ त्रिबेणी निबासी हाल घोराही बस्दै आउनुभएकी भिमा डाँगीले रक्तदान गर्नुभएको छ । डाँगीले आज परेको जन्मदिनको अबसरमा रक्तदान गर्नुभएको हो । 

रक्त सञ्चार केन्द्र दाङमा कार्यरत डाँगीले रचनात्मक रुपमा जन्मदिन मनाउने क्रममा रक्तदान गर्नुभएको हो । पछिल्लो समयमा जन्मदिनलाई रचनात्मक गराउने कार्यलाई जोड दिने गरेको पाइएको छ । 

लकडाउनको समयमा रगतको अभाव हुने भन्दै रगतको कमी हुन नदिन र अन्य दिदिबैनीका लागि हौसला प्रदान गर्नका लागि रक्तदान गरेको डाँगीले जानकारी दिनुभएको छ ।


SHARE THIS