भारत कोरोना सङ्क्रमित देशमध्ये तेस्रो स्थानमा

World Health Organization declares emergency for coronavirus ...

दाङ, असार २२ । विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।

रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ । 

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।

अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।
यस्तै  पाकिस्तान १२ औँ बढी सङ्क्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित छन् ।

SHARE THIS