पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत भेटिए

एकैदिन भेटिए चार मृत शव « Janata Samachar
काठमाडौं,असार २३ । पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत अवस्थामा फेला परेका छन् । पाँचथर, याङवरक गाउँपालिका ४ थर्पु घर भई फिदिम नगरपालिका १ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, मध्यनेपाल नगरपालिका ५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका ४ सानो कुमालगाउँ बस्ने ६४ वर्षीय इन्द्रबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका ९ ढकेरी बजारमा  नाम, थर नखुलेका ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

SHARE THIS