राप्ती नदीले बगाउदा ५३ बर्षिया महिलाको मृत्यु

कोरोनाबाट फेरि एक महिलाको ज्यान गयो ...
प्रिया स्मृती गजमेर, देउखुरी
असार २३ / राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको मंगलबार राप्ती नदीले बगाउँदा मृत्यु भएको थियो ।
राप्तीमा बगेर ज्यान गएकी ति महिलाको शव सोहि गाउँपालिका वडा नम्बर ३ स्थित करिब एघार किलोमिटर दक्षिण तर्फ फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार उनी बिहान घरबाट औषधी लिन भनेर गएको प्रहरीले बताएको छ । मृतक महिलाको शबलाई पोस्टमार्टमका लागि लमही अस्पताल ल्याईएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

SHARE THIS