दाङमा धारिलो हतियार प्रहारबाट एक युवक घाईते

छिमेकीलाई धारिलो हतियार प्रहार ...
दाङ, असार २१  ।
दाङमा धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन् । घोराही १८ रझेना स्थित ५९ बर्षिय शिव नेपालीले धारिलो हतियार प्रहार गर्दा नारायणपुर बस्ने वर्ष २९ को नबराज यादव घाईते भएका छन् । नेपालीले मादक पदार्थ सेवन गरी यादव माथी आक्रमण गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटना शनिवार राती १० बजेतिर भएको हो ।

यादवले नेपालीको घर बनाउने काम गदै आएको प्रहरीले जनाएको छ । घाईते यादवको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर बाँके रिफर गरिएको प्रहरीले बताएको छ । आक्रमण गर्ने नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाईएको छ ।



SHARE THIS