अमेरिकामा कोरोना संक्रमित ३० लाख नाघे

Plasma Therapy or AntiVirals: Possible Treatment to COVID-19 Pandemic?
एजेन्सी  । अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल संक्रमितको संख्या ३० लाख ३९ हजार पुगेको हो।  तीमध्ये १ लाख ३२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १३ लाख १० हजारभन्दा धेरै उपचारपछि स्वस्थ भएका छन्। ब्राजिलमा २१ हजार ४ सय संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या १६ लाख २६ हजार पुगेको छ।  ब्राजिलमा २४ घण्टामा ६ सय ५६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६५ हजार ५ सय ५६ पुगेको छ। भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। हिजो ४ सय ७४ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २० हजार १ सय ७४ पुगेको हो। हिजो २२ हजार ५ सयभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ७ लाख २० हजार नाघेको छ।  पछिल्लो २४ घण्टामा पेरुमा १ सय ८३, रसियामा १ सय ३५, मेक्सिकोमा २ सय ७३, इरानमा १ सय ६०, पाकिस्तानमा ५० जनाको मृत्यु भएको छ।  विश्वभर संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार पुग्दा मृतकको संख्या ५ लाख ४० हजार बढी छ। ६६ लाख २३ हजार संक्रमित उपचारपछि स्वस्थ भएका छन्।


SHARE THIS