नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा तनाब व्यवस्थापन गर्न प्रहरीलाई अभिमुखीकरण

No description available.

दाङ, असार २० । कोरोना भाईरसको महामारीको समयमा अग्रह पंक्तीमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरुलाई शनिवार तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा सहभागी प्रहरीहरुले महामारीको समयमा आफूहरुलाई सुरक्षा सामाग्री नहुनु र २४ सैँ घण्टा जोखीममा रहेर डिउटी गर्नुपर्ने भएकाले तनाब हुने गरेको बताएका थिए । कोरोनाको महामारीबाट बच्नकालागि सर्वसाधारणहरुलाई अनुरोध गर्दापनि अटेरी गर्ने गरेको एवं डिउटीका क्रममा धेरै व्यक्तीहरुसँग सम्पर्कमा रहनुपर्ने भएकाले संक्रमण हुन्छ कि भन्ने त्रास पनि सधै भईरहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा सहभागी प्रहरीहरुले प्रहरीले लकडाउनको समयमा भोग्नुपरेको समस्याहरु राखेका थिए । ‘संक्रमितलाई आईसोलेशनमा पु¥याउनुप¥यो प्रहरी पुग्नैपर्ने, क्वारेनटाईनमा बबाल नभएको त दिनै हुदैनथियो अहिले अलि कम छ । त्यहाँ पनि प्रहरी पुग्नै प¥यो’ एक प्रहरी अफिसरले भने­ ‘अझ क्वारेनटाईनमा बसेकाहरु आएर सडकमा आन्दोलन गर्छन् । उनीहरुलाई रोक्नैप¥यो, अनि हामीमाथी जोखीम बढिहाल्यो नि ।’

कार्यक्रममा तनाबलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविमर्शकर्ताहरु लक्ष्मी ढकाल र दीपा धितालले जानकारी गराउनुभएको थियो । जुनसुकै कुराले पनि मानिसहरुलाई तनाब हुने भएकाले तनाब भएपछि मानसिक रुपमा पर्ने असरहरु, त्यसका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा उहाँहरुले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले सुरक्षाकर्मीहरुलाई यो महामारीको समयमा उच्च जोखीम रहेको हुदाँ प्रहरीहरु तनाबमा हुने गरेको बताउनुभयो । महामारीको समयमा सामान्य दिनहरुभन्दा धेरै डिउटीमा खटिनु, डिउटीको समयमा संक्रमणको जोखीम बढ्नु जस्ता कारणले प्रहरीहरु तनाबमा हुने गरेको उहाँको भनाई थियो । ‘आइसोलेशन, क्वारेटनाइनदेखी सडकका हरेक समुदायसम्म प्रहरीले डिउटी गर्नुपर्छ अनि त्यसैपनि जोखीम बढिहाल्छ ।’ रिमालले भन्नुभयो­ ‘प्रहरी जोखीममा हुने भएकाले तनाब बढ्नु स्वभाविक हो ।’
No description available.
शारिरिक स्वास्थतामा हामीले ध्यान दिएपनि मनको स्वस्थतामा ध्यान दिन नसक्दा मानिसमा समस्या आउनसक्ने सम्भावना बढि हुने गरेको उहाँको भनाई छ । साथै उहाँले प्रहरीकालागि यस्तो मानसिक तनाब व्यवस्थापन गर्ने सम्बन्धी अभिमुखीकरणहरु आवश्यक भएको बताउनुभयो ।

महामारीको समयमा अघिल्लो पंक्तमा रहेर काम गर्ने सुरक्षाकर्मीहरु महामारीको जोखीममा रहने भएकाले पनि तनाब बढि हुने भएकाले उनीहरुलाई बनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरणको आयोजना गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत मनोविमर्शको कार्यहरु पनि हुने भएकाले सुरक्षाकर्मीहरुकालागि यो कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

‘यो महामारीको समयमा सबैभन्दा उच्च जोखीममा रहने भनेको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु रहेकाले सुरक्षाकर्मीहरुकालागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हौँ’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो­ ‘यो अभिमुखीकरणले तनाब व्यवस्थापनको विषयमा आधारभुत कुराहरु सिकाउछ । त्यसैको आधारमा तपाईहरुलाई तनाब व्यवस्थापन गर्न सहज होस् भन्ने अपेक्षा गरेका छौँ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिनेश रिमालको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमेटेडका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार आर के शीतलले गर्नुभएको थियो ।
तस्बिर आर के शितल बाट

SHARE THIS